काठमाडौँ– ओएसिस एजुकेसनले आफ्नो ब्रान्ड एम्बेस्डरमा २०१८ की  मिस नेपाल श्रीङ्खला खतिवडालाई नियुक्त गरेको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ओएसिसले मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बेस्डर बनाएको हो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुशल केसीले नेपालमै इञ्जिनियरिङ अध्ययनमा उत्कृष्ट रहेकी मिस नेपाल खतिवडासंगको सहकार्यले विद्यार्थीहरु र आम अभिभावकहरुलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले अष्ट्रेलिया अध्ययन सोचेजस्तो सहज नहुने भन्दै मेहनेती र लगनशीलले मात्रै सफलता हात पार्ने उल्लेख गरे । सन् २०१२ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको ओएसिस एजुकेसनले आफ्नो स्थापनाकालदेखि नै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श, माइग्रेसन, भिसा, इन्स्युरेन्स लगायतका विषयमा सहयोग गर्दै आएको छ ।