काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए)मा आवद्ध भएका छन् । दुबईमा सोमबार भएको अक्सनमा सन्दीप लामिछानेलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको हो ।


ADVERTISEMENT


सन्दीपलाई आइसिसि एशोसियट राष्ट्र अन्तर्गत अनुबन्धन गरेको हो । इन्डियन प्रिमियर लिग खेलेर अन्तर्राष्ट्रिय उडान सुरू गरेका सन्दीप क्यारेबियन लिगमा समेत छाएका थिए ।


ADVERTISEMENT

# # #


ड्राफ्टमा रहेका नेपाली कप्तान पारस खड्का र सोमपाल कामी भने अक्सनबाट लिलामी हुन सकेनन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० भन्दा बढी विदेशी खेलाडीले भाग लिएका थिए ।

अक्सनको क्याटागोरी आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको थियो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान छन् ।

प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ ।