काठमाडौं– चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ ले माघ १८ लाई आफ्नो रिलिज मिति घोषणा गरेको छ।


ADVERTISEMENT


फिल्मका निर्देशक रामशरण पाठक हुन् । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभाव फिल्मले प्रस्तुत गर्ने निर्माणपक्षको भनाइ छ ।


ADVERTISEMENT

# # #


फिल्ममा गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको छ । फिल्मका लेखक निर्देशक पाठक स्वयम हुन् ।

‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ फिल्मबारे गजुरेलले भने, ‘रंगमञ्च अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे ।’

अभिनेता राजाराम पौडेलले ‘सयकडा दश’ लाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्म भएको बताइएको छ ।

‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनी सुनिए, ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’