काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई इजलास तोकिएको छैन । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएपछि जोशीलाई तत्काल इजलास नतोकिएको हो ।


ADVERTISEMENT


जोशी संसदीय सुनुवाईबाट अस्वीकृत भएका थिए । उनी मिश्रको नियुक्ति प्रक्रिया अघि विदामा बसेका थिए । जोशी निकट स्रोतका अनुसार उनले राजीनामा नदिने हुनेभएका हुन् । आगामी पुसको दोस्रो साता प्रधानन्यायाधीश मिश्रको पदावधि सकिएपछि जोशीले फेरि प्रधानन्यायाधीशमा सिफारिस हुन सक्ने आशासमेत गरेका छन् ।


ADVERTISEMENT

# # #


जोशीले २०७६ साल असोज २३ गते मात्रै उमेरहदका कारण अवकाश पाउनेछन् । इजलास नतोकिएका कारण जोशी मंगलबार पनि हाजिर मात्र गरेर फर्किएका थिए ।