काठमाडौँ– बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३-० ले पराजित भएको छ । हारसंगै नेपालको साफ इतिहासकै पहिलो पटक फाइनल खेल्ने नेपालको सपनामा तुसारापात भएको छ ।


ADVERTISEMENT


ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्ससंग यो पटक पनि कमजोर प्रदर्शन गरेको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।