काठमाडौं–तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए ।


ADVERTISEMENT


अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिवाकोटी बहुराष्ट्रि कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमापछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । – आजको नयाँ पत्रिकाबाट