सर्लाही– जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४/७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुनसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रकुमार यादवले बताएका छन् ।


ADVERTISEMENT


साविक मलंगवाका आधिकांशले आफै शौचालय बनाएका छन् । अहिले थपिएको मलंगवा नगरपालिकाको ग्रामिण क्षेत्रमा केही समस्या थियो । जनप्रतिनिधि आएपछि शौचालयको नाउँमा आफ्नो नजिकका केही व्यक्तिलाई रिग वितरण गरिए पनि त्यो रिग समेत उपयोगमा आउन सकेको मलंगवा–८ का सुभाष गुप्ताले बताए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रमका लागि छुट्याइएको रकम दुरुपयोग गर्न झुटा कागजात तयार गरिएको र केही व्यक्तिलाई वितरण गरिएको रिग पनि गुणस्तरहिन रहेको उनको भनाइ थियो ।

समाजमा चेतनाको अभाव र नगरपालिकाको कमजोरीका कारण सदरमुकाम खुल्ला दिशामुक्त हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख जग्गनाथ पुर्वेले बताए । पहिलेदेखि नै मलंगवालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न चुनौती थियो । नयाँ संरचना अनुसार अझ चार गाविस थपिँदा झन समस्या भएको गुप्ताले बताए ।

जिल्लाका अन्य स्थानीय निकाय खुल्ला दिशा मुक्त हुदाँ पनि सदरमुकाम खुल्ला दिशा मुक्त नहुँदा नगरवासी निराश छन् । उक्त अभियान कार्यान्वयन सरसफाई डिभिजन कार्यालय रहेको स्थान खुल्ला दिशा मुक्त नहुँदा यहाँ घुम्न आउने पर्यटकमा मलंगवा प्रतिको हेराई नकरात्मक बनेको छ । जिल्ला बाहिरका आगन्तुकहरुले जिल्ला सदरमुकाम भएर पनि खुल्ला दिशामुक्त नहुनु दुःखद भएको बताउँदै आएका छन् ।

खुल्ला दिसामुक्तको रकम आफूले अनियमिता नगरेको तर १२ वटै वडालाई रू १० लाख देखि १५ लाखसम्म रकम उक्त अभियानका लागि दिइएको नगर प्रमुख निरशल साहले बताएका छन् ।

खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले उक्त नगरपालिकालाई खुल्ला दिसामुक्त गराउनलाई प्रमुख साहसंग अनुरोध गरेकोमा उनले यसका लागि ठूलो रकम बिनियोजन गरिएको र आर्थिक वर्ष २०७४/०७५ भित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएपनि बजेट सकियो तर कार्यक्रम कार्यन्वन हुन सकेन ।

जिल्लाका २० स्थानीय तहमध्ये १० स्थानीय तह खुल्ला दिशा मुक्त भईसकेका र १० वटा अझै घोषणा हुन बाँकीरहेकामा सदरमुकाम मलंगवासहित पाँच नगरपालिका र पाँच गाउँपालिका छन् । रासस