काठमाडौँ– भिभोले अल न्यु भी ११ प्रो मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यसमा न्यूहालो फुल भ्यू डिस्प्ले राखिएको छ । नयाँ डिजाइन दिइएको यस फोनमा इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ ।


ADVERTISEMENT

# # #


भी ११ प्रो भी सिरिजको पहिलो फोन हो । यो फोन सिल्क र स्टाइलिस डिजाइनमा छ । भी ११ प्रोमा १२ मेगा फिक्सेल प्लस ५ मेगाफिक्सेलको ड्युल मूख्य क्यामेरा छ ।

सेल्फीका लागि २५ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । यस फोनका ६ जिबी र्यामका साथै १२८ जीबिको आन्तरिक स्टोरेज रहेको छ । यो एन्ड्रोइड ८.१ भर्सन हो ।

निकै पातलो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाइ रहेको छ ।

भिभो प्रो ११ को मूल्य ४९ हजार ४ सय ९० रुपैयाँ तोकिएका छ भने भिभो ११ को ३९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।