काठमाडौँ– नेपालकै सर्वाधिक ठूलो टि–२० क्रिकेट प्रतियोगिता भनिएको पोखरा प्रिमियर लिग (पीपीएल)को प्रशारण अधिकार हिमालय टेलिभिजनले किनेको छ ।


ADVERTISEMENT


काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गरी सम्झौतापत्रमा पीपीएलका तर्फबाट छुम्बी लामा र हिमालय टिभिका तर्फबाट अध्यक्ष धर्मराज भुषालले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


तीन वर्षका लागि गरिएको उक्त सम्झौता अनुसार अब हिमालय टेलिभिजनले ३ करोड ७० लाख रुपैयाँ दिनेछ । साथै पीपीएलको सम्पूर्ण डिजिटल राइट हिमालय टिभीसंग हुनेछ । प्रतियोगिता नोभेम्बरमा हुनेछ ।

हिमालय टिभिले यो हप्ताभित्रै च्यानललाई एचडीमा रुपान्तरण गर्ने जनाइएको छ ।