काठमाडौँ– सामसुङ मोबाइलको आधिकारिक सेवा केन्द्र नारायणगढमा सुरु भएको छ । नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामा उक्त केन्द्रको स्थापना भएको हो ।


ADVERTISEMENT


सो केन्द्रको बुधबार नेपालका लागि सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस कम्पनीका सेल्स हेड राम श्रेष्ठ र सर्भिस म्यानेजर कुनाल गुरुङ्गले संयुक्त रुपमा गरेका उद्घाटन छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै सेल्स हेड श्रेष्ठले सामसुङ मोबाइल बिक्रीपछिको सेवा प्रदान गर्नका लागि सेवा केन्द्र खोलिएको बताए ।

“हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदानगर्नु नै हाम्रो मुख्य उदेश्यहो ।” उनले भने, “प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नु हो ।”