काठमाडौं– तलबी कर्मचारीलाई लक्षित गर्दै ७ प्रतिशत ब्याज दिनेगरि ल्याइएको एनएमबि तलब खातामा आकर्षण बढेको एनएमबी बैंकले जनाएको छ ।


ADVERTISEMENT


सो खातामा बैंकले एनएमबि डिलाइट कार्डसहित विभिन्न सुविधाहरु निःशुल्क उपलब्ध गराएको जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्डबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै रु। ५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत रहेको छ ।

“नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भए संगै सर्वश्रेष्ठ सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो ।

‘एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं’, एनएमबिले जनाएको छ ।