काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गर्ने भएको छ ।


ADVERTISEMENT


नेविसंघले सोमबार (भोलि) विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गमा विरोध गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । दुई महिना बित्न लागिसक्दा पनि सरकारले बलात्कारी/हत्यारालाई सार्वजनिक गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नेविसंघ पनि न्यायको लागि शसक्त रुपमा लागेको छ ।


ADVERTISEMENT

# # #


नेविसंघको आन्तरिक विवाद टुंगिसकेर महाधिवशनको मिति समेत तय भइसकेको समयमा सिंगो नेविसंघ एकजुट भएर निर्मलाको न्यायको लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिने अध्यक्ष महरले बताए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसदमा निर्मालाको मुद्दालाई दह्रो रुपमा उठाइरहेको छ । यता हत्याको घटना छानबिन गर्न नेपाल प्रहरीले आजै डीआईजी धीरु बस्न्यात नेतृत्वमा अर्को क्तिशाली’ समिति गठन गरेको छ ।