काठमाडौँ– भारतमा भएको चौकाणात्मक एकदिवसीय यु–१९ सिरिज अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल अफगानिस्तानसंग पराजित भएको छ । अफानिस्तान यू १९ले नेपाल यू १९लाई ७१ रनले हराउँदै सिरिजको तेस्रो स्थान हासिल गरेको हो ।


ADVERTISEMENT


भारतको लखनउस्थित एकना अन्तराष्ट्रिय मैदान ‘बी’मा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रन बनायो। २४५ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


नेपालका कुनैपनि ब्याट्समेनले ३० को आँकडा पार गर्न सकेनन् । कप्तान आशिफ सेख र लोकेश बमले समान २५ २५ रन बनाए । उनीहरु दबै जनाले समान ४४ चौका प्रहार गरे । यस्तै अरुण ऐरी २४, पवन सर्राफ २३, सन्दीप जोरा १८, भीम सार्की १६ रनमा आउट भए ।

यस्तै रित गौतम १४, सम्साद आलमले १२ रन बनाउँदा कमलसिंह ११ रन बनाए । उनले इनिङकै एक मात्र छक्का पनि प्रहार गरेका थिए ।

यता अफगानिस्तानका लागि रियाज हसनले उत्कृष्ट खेले । ब्याटिङतर्फ नटआउट शतक प्रहार गरेका उनले बलिङतर्फ पनि महत्वपूर्ण ४ विकेट चट्काए । रिजवान्नुल्लाह मुरदले २ विकेट लिए भने अन्य अब्दुल रहमान रहमानी, जकिउल्लाह सुल्तानी, इजाज मेहरान र आरिफ खानले समान ११ विकेट लिए ।

यसअघि अफगानिस्तानका लागि ओपनर रियाज हसनले शतक प्रहार गरे । उनले १४९ बल खेल्नै ११७ रन बनाएर नट आउट रहे । उनले १२ चौका र २ छक्का ठोके ।

यस्तै बजिर खानले ३२, आरिफ खान दौलत्जाई २४, कप्तान इजाज अहमद मेहरान १९ तथा सुलिमान अरकबजाईले १४ रन हान्दा सदिकुल्लाह अटलले १३ रन बनाए ।

यता नेपालका लागि सागर ढकाल, पवन सर्राफ र सम्साद आलमले समान २(२ विकेट लिए ।

यस्तै राशिद खानका नाममा १ विकेट रह्यो । कमलसिंह ऐरी आज केही महंगो साबित भए । उनले १० ओभरमा ६८ रन खर्चिएर कुनैपनि विकेट लिन सकेनन् ।

आजको हारसंगै नेपालले सिरिजको पुछारमै सीमित हुँदा उता भारत ‘बी’ भारत ‘ए’लेलाई १० रनले हराउँदै सिरिज कब्जा गरेको छ । भारतमा नेपालले खेलेका चार खेलमध्ये तीनमा हारे ब्यहोरेको हो ।

नेपालले यस प्रतियोगितालाई आगामी २९ तारिखदेखि बंगलादेशमा हुने एशिया कपको तयारीमा लिएको छ ।