काठमाडौँ– अक्टोबार ३ देखि मलेसियामा सुरु हुने टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिताको लागि १८ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रीय छनौट प्रतियोगिता अन्तर्गत नेपालले अक्टोबर ३ तारिकमा म्यानमारसंग खेल्दैछ।


ADVERTISEMENT


भखैरै मलेसियामै सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेका खेलाडी मध्ये रोहित पौडेल र शुवास खकुरेल अन्तिम १८ मा छैनन् भने नयाँ खेलाडीमा साहव आलम र दीपेश श्रेष्ठ आएका छन । यससंगै रोहितले यही २९ तारिख देखि बंगलादेशमा हुने एसीसी यू-१९ एशिया कप खेल्ने तथा कप्तानी गर्ने सम्भावना बढेको छ ।


ADVERTISEMENT

# # #


नेपाल सहित एसिया “बी” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट (पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।

पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृस्ट २ टिमले टी-२० विश्वकपको ग्लोबल छनौट खेल्नेछन्। ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र विभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको टी-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टी-२० विश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टी-२० विश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टी-२० बिश्वकप खेल्ने छन्।

यस्तो छ १८ सदस्यीय नेपाली टिम

पारस खड्का (कप्तान) , अनिल साह , वसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि , सागर पुन, सन्दिप लामिछाने, शाहब आलम , शरद भेसावकर, सोमपाल कामि, सुनिल धमला ।

प्रारम्भिक टिमको घोषणा आईसीसी प्रतिनिधि अमिनुल इशाल, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनौट समितिले गरेको हो। १८ बाट १४ जना खेलाडीहरु छनौट प्रतियोगिता खेल्न छानिनेछन्।

प्रतियोगिताको लागि नेपालले सेप्टेम्बर २० तारिक बिहिबारबाट अभ्यास थाल्नेछ।