काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा फहराएको छ । यसअघि राखिएको झण्डा च्यातिएपछि नयाँ झण्डा फेरिएको हो ।


ADVERTISEMENT


संविधान दिवसको अवसर पारेर नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि भएको हो ।


ADVERTISEMENT

# # #


तीन टन तौल र १०० मिटर अग्लो पोलमा ३० फीट लामो राष्ट्रिय झण्डा फहराइएको छ । झण्डा र पोलको व्यवस्थापन पुरण गिरी र हरिश गौतमले गरेको पौडेलले बताए ।

यसअघि २०७३ माघ १६ गते शहिद दिवसको अवसर परेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा राखेको थियो । तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवी माधवप्रसाद घिमिरेले फहराएको माइतीघरको राष्ट्रिय झण्डा पछिल्लो समय च्यातिएको थियो ।