गोरखा– गोरखाको बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भुकम्पले भतकाएका घर अन्य संरचना पुननिर्माण जसतो अस्तव्यस्त छ, राष्ट्रिय भुकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ ।


ADVERTISEMENT


ज्यादै न्युन जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखा भुकम्पअघि १६ जना कर्मचारी कार्यरत केन्द्रमा अहिले ६ जना मात्रै छन् ।


ADVERTISEMENT

# # #


बारपाक भुकम्पपछि केन्द्रका कर्मचारी२४ सै घण्टा खट्न थालेका थिए तर, कामको प्रकृति अनुसार कर्मचारी नियुक्त नहुँदा व्यावहारिक कठिनाई थपिन थालेको केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् ।

हामी शनिवार पनि भन्न पाउँदैनौँ, न त अन्य सार्वजनिक बिदामा ढुक्क भएर घर बस्ने अवस्था छ, जशक्ति ज्यादै थोरै भएपछि हरेक दिन आफिस जाँनै पर्ने बाध्यता भएको उनले बताए । – आजको नेपाल समाचारपत्रबाट