विराटनगर– प्रदेश नं. १ अन्र्तगतका १४ जिल्लामा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत भएका छन् ।


ADVERTISEMENT


गत जनवरीदेखि अगष्टसम्मको तथ्यांक हेर्दा बालिका, किशोरी तथा महिलाहरु १०१ वटा बलात्कारको घटना भएको देखिन्छ । यस अवधिमा २ जना नवजात शिशुसहित ६ जना बालिकाको हत्या भएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी १८ जना किशोरी तथा बालिकाहरुमा बलात्कार प्रयास भएको ७ जनामा यौनदुब्र्यवहार भएको जनाइएको छ । मानव अधिकार उल्लङ्घनको घटनाबाट हेर्दा हत्याको घटनामा ३ जना, कुटपिटबाट ३ जना र बालबिवाहबाट १ जना बालिका पीडित भएको पाईन्छ ।

त्यसैगरी अप्राकृतिक मैथुनबाट २ जना, हत्याबाट १ जना, कुटपिटबाट १ जना, हत्या प्रयासबाट १ जना बालक पीडित भएका थिए । सोही अवधिमा जातीय विभेदबाट २ महिलासहित ३ जना पीडित भएका छन् ।

यस अवधिमा बालअधिकार हननबाट १३८ जना पीडित भए । जसमा १३३ जना बालिका र ५ जना बालक रहेको छ । हत्याको घटनाबाट २९ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

जसमा गैरराज्य पक्षबाट १७ जना महिला र १२ जना पुरुषको हत्या गरेको छ । हत्या प्रयासबाट ११ जना पीडित हुन पुगेको तथ्यांकले देखाएको छ, त्यसमा ७ महिला ४ पुरुष रहेका छन् ।

महिला अधिकार हननका घटनाबाट ३३९ जना महिला पीडित भए । जसमा बलात्कारका घटनामा ६७ जना, बलात्कार प्रयासमा ३१ जना, यौनदुव्र्यवहारबाट ९ जना, कुटपिटबाट १२ जना, बेचबिखन ९ जना, बहुविवाह ४३ जना, बोक्सीको आरोपमा ४ जना, घरेलु हिंसामा १६२ जना पीडित हुन पुगेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी तथ्यांकअनुसार प्रदेश नं. १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट ६४३ जना पीडित भएका छन् । जसमा राज्य पक्षबाट ४८ जना पुरुषसहित ५५ जना र गैरराज्य पक्षबाट ५६ जना पुरुष सहित ५११ जना पीडित भए ।

सन् २०१८ को ८ महिनामा प्रदेश नं १ मा बालिका बलात्कार र यौनदुब्र्यवहारको घटनामा विगतको भन्दा अत्याधिक बृद्धि भएको तथ्याङ आउन थालेको अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश एकका संयोजक सोमराज थापाले जानकारी दिए । – आजको राजधानी दैनिकबाट