एजेन्सी– युरोपेली च्याम्पियन्स लिगमा युभेन्टसले भ्यालेन्सियामाथि २–० गोल अन्तरले जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले रेड कार्ड पाएका छन् । गएराति भएको खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा २९ औँ मिनेटमा रेड कार्ड पाएका थिए ।


ADVERTISEMENT


रोनाल्डोले रेड कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात लगाएपछि रेफ्रीले अतिरिक्त रेफ्रीको सल्लाह अनुसार रातो कार्ड दिएका थिए ।


ADVERTISEMENT

# # #


निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिने सुरुवाती मौका गुमाएको थियो । रोनाल्डो खेलबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले खेल बलियो बनाइरहेको थियो ।

मिरालेम प्यानिचले पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलायो । भ्यालेन्सिया कप्तान ड्यानी परेहोले डिफेन्डर जोआओ क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टी पाएको हो ।

दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पायो र प्यानिचले त्यसमा पनि गोल गर्दै २–० को अग्रता दिलाए । यता भ्यालेन्सियाले खेलको अन्तिम समयमा पाएको पेनाल्टी भने कप्तान परेहोले गोल गर्न सकेनन् ।