रौतहट– शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा गोली चलेको छ । रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ९ श्रीपुर नजिक गम्हरिया टोलकी मृतक महिलाको शव जलाउने क्रममा विवाद भएको हो ।


ADVERTISEMENT


विवादले उग्र रुप लिएपछि गम्हरिया र श्रीपुरका स्थानीयबीच ढुंगा हानाहान भएको थियो । घटनामा दुवै पक्षका गरी दर्जनौँ घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


गरुडा नपा ९ गम्हरियाकी ३५ वर्षीय भंगियादेवीको मृत्यु भएपछि श्रीपुर नजिक दाहसंस्कार गर्न लगिएको थियो । – आजको नागरिक दैनिकबाट