काठमाडौं– नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ ।


ADVERTISEMENT


सो क्षेत्रका प्रदेश सांसद ईन्द्रजित थारुले बर्षौँदेखि कोईलाबासकाा स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन् । बेलाबेलामा भारतीइ पक्षले त्यही पानी पनि बन्द गरिदिन्छ ।


ADVERTISEMENT

# # #


नेपालीलाई पानी दिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गरेको छ । गत चैतमा विधुत् महशुलका विषयमा विवाद हुँदा पानी दिन बन्द गरिदिएपछि कोईलाबास काकाकुल बनेको थियो ।

सभासद थारुका अनुसार करिव दुई सय घरपरिवार रहेको कोईलाबासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ ।

त्यही बोरिङ पनि गर्मीयाममा सुक्छ । – आजको नागरिक दैनिकबाट