काठमाडौं– उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् ।


ADVERTISEMENT


यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर समायोजन नभए दशैंतिहारजस्तो चाडपर्वमा ग्यासको हाहाकार हुन सक्ने संघको भनाइ छ ।

निगमले प्रतिसिलिन्डर उद्योगीलाई २८१.०५ रुपैयाँ दिँदै आएको छ । उद्योगीलाई एकमुष्ट यो रकम दिएर प्रतिसिलिन्डर १४ सयमा बेच्दा निगमलाई ३०९.७९ रुपैयाँ नोक्सान छ ।

उद्योगीले भनेजस्तो ढुवानी खर्च बढाइदिँदा उपभोक्ता मूल्य र निगमको नोक्सानी बढ्नेछ ।

उद्योगीले सात आठ बर्षदेखि हरेक दशैंअघि आन्दोलन गर्दै आएका छन् । – आजको नयाँ पत्रिकाबाट