काठमाडौं– मेलम्ची खानेपानी आयोजनाका लागि ल्याईएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेर खाएको खुलासा भएको छ ।


ADVERTISEMENT


ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा बुझेको देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट अनलोड गराएको भर्पाइ गराएर चालकले गत २ गते सिमेन्टसहितको ट्रक राजधानीतर्फ लगेका थिए।

मेलम्ची प्रहरीका अनुसार ट्रकको टायर पञ्चर भएपछि चालकले उक्त सिमेन्ट स्थानीय तारामाराङको पसलमा बेचेको खुलासा भएको छ।

पसलेको नाम भने प्रहरीले बताएको छैन। यो सूचनाका आधारमा प्रहरीले पसलबाट सिमेन्ट नियन्त्रणमा लिएको हो। – आजको कान्तिपुर दैनिकबाट