काठमाडौँ– आईसीसी च्याम्पियन्स ट्रफीको महत्वपूर्ण खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । यो जितसँगै भारत सेमिफाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका बाहिरिएको छ ।


ADVERTISEMENT


भारत सामू दक्षिण अफ्रिकाले १९२ रनको सामान्य लक्ष्य लिएको थियो, जसलाई ससले मात्र ३७.२ ओभरमा भेट्टायो ।


ADVERTISEMENT

# # #


भारतीय पारीको सुरुजात रोहित शर्मा र शिखर धवनले गरेका थिए । तर, रोहितले २० बल खेले र उनलाई मार्केलले १२ रनको स्कोरमा क्याच गराए । तेस्रो नम्बरमा आएका कप्तान विराट कोहलीले शिखर धजनसँग मिलेर पारी सम्हाले ।

शिखर धवनले ८३ बलमा ७८ रनको पारी खेले । इमरान ताहिरले उनलाई फाफडुप्लेसिसको हातबाट क्याच गराए ।

कप्तान कोहलीले १०१ बलमा ७६ रनको अविजित पारी खेले । युवराज सिंहले २५ बलमा २३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४४.३ ओभरमा १९१ रनमै अलआउट भएको थियो । क्विन्टन डिककबाहेक अन्य व्याट्सम्यानले ५० रनको स्कोर पार गर्न सकेनन् ।