काठमाडौं– निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले रौनियारलाई पक्राउ पूर्जी जारी गरेको हो । पप्पु कन्सट्रक्सनले गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा बनाउन लागेको पुल अलपत्र हुँदा सो ठाउँमा डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।


ADVERTISEMENT


गत भदौ ८ गते डुंगा दुर्घटनामा सर्वसाधरणको मृत्यु भएपछि उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीले पटक पटक बोलाउँदा पनि उनी नआएपछि पक्राउ पूर्जी जारी गरिएको रौतहट प्रहरीले जनाएको छ । सुमित संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन् ।


ADVERTISEMENT

# # #


पप्पु कन्सट्रक्सनले ठेक्का लिएको काम समयमै निर्माण सम्पन्न नभएको भन्दै पछिल्लो समय विवादित बनेको छ ।