एजेन्सी– भारतमा १० दिनसम्म चल्ने गणपति उत्सव निकै ठूलो उत्सवका रूपमा मनाइन्छ । यस अवसरमा केही बलिउड स्टारले आआफ्नो घरमा गणपति पूजा आयोजना गरे । यसैक्रममा नायक सलमान खानले पनि आफ्नो घरमा गणेश चौथीको आयोजना गरे ।


ADVERTISEMENT


पूजाका लागि केही बलिउड हस्तीहरू सलमानको घरमा पुगेका थिए । नायिका कट्रिना कैफले सलमानको परिवारका साथ आरति समेत गरिन् । कट्रिनाले आरतीको समय बत्तीलाई दाहिने घुमाउनुपर्नेमा देब्रे घुमाइरहेकी थिइन् । तर, कसैले कट्रिनालाई रोकेनन् ।


ADVERTISEMENT

# # #


तर उनको आरती गर्ने यो तरिका उनका फ्यानहरूलाई भने मन परेन । आरतीको भिडियो बाहिरिएपछि कट्रिना ट्रोलको शिकार बनेकी छिन् । एक युजरले त उनलाई ‘अहिलेसम्म यति पनि सिकेकी छैनौ’ भनेर कमेन्टसमेत गरेका छन् ।