काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि सँगै उनी मंगलबार साँझ रिहा भएका हुन् ।


ADVERTISEMENT


न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले रिहा गर्न आदेश दिएको यो छैठौँ पटक हो । यसअघि सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पटक–पटक पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो । प्रहरीले उनलाई दाङ, भोजपुर, उदयपुरलगायत विभिन्न जिल्लामा पुर्याएको थियो । रिया भए लगत्तै नेकपाका नेता कार्यकर्ताले फुलमाला र खादा लगाइदिएर भव्य स्वागत गरेका छन् ।