वीरगन्ज– आफ्नै घरमा बन्दै गरेको शौचालयलयमा ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न शौचालय भित्र पसेका हजुरबुबा र नातीको मृत्यु भएको छ ।


ADVERTISEMENT


पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा नयाँ निर्माण हुँदै गरेको घरको शौचालय भित्र ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न भित्र पसेका ११ बर्षीय नाती र ६० बर्षीय हजुरबाबुको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा ६० बर्षीय पल्टन साह र ११ बर्षीय गौतम साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ‘उनीहरु हजुरबुबा नाती रहेछन्’ पर्साका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता सत्यनारायण थापाले बताए । मृतक दुवै जनाको वीरगन्जको नायारयणी उपक्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ उनले बताउका छन् । – आजको राजधानी दैनिकबाट