काठमाडौं– पोखरामा सोमबार साँझ मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् । उनी साँझ अवेरसम्मपनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दापनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा केही चोटहरु र छेउमा ढुङ्गाहरु थिए ।


ADVERTISEMENT


यो घटना भएको १६ घण्टामै अपराधि पक्राउ गर्नसफ भएको प्रहरीको दावी छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा २७ जनालाई अनुसन्धान गरेको थियो । जसमा श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक ओमबहादु रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टी गरेका छन् ।


ADVERTISEMENT

# # #


मंगलबार विहान घटना सार्वजनिक भएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्की नेतृत्वको टोली सुरुदेखि नै अनुसन्धानमा जुटेको थियो । विहान ८ बजे स्थानीयले खबर गरे बित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेको कार्की नेतृत्वको टोलीले मध्यरातमा अनुसन्धान पश्चात घटनामा संलग्न पक्राउ गर्न सफल भएको हो ।

यसरी भयो श्रेयाको हत्या

अनुसन्धान टोलिको नेतृत्व गरेका प्रहरी नविन कार्कीका अनुसार श्रेया पसलमा बिस्कुट किन्न भनेर १० रुपैयाँ लिएर गएकी थिईन् । बिस्कुट किनेर फर्कने क्रममा बाटोमा उनका छिमेकी रहेका कुशुम पौडेल रक्सी सहित अन्य लागुऔषध सेवन गरेर नसामा थिए । सुरुमा श्रेयालाई देखेर पौडेलले बोलाए । छिमेकीले बोलाएपछि बालिका श्रेया उनको नजिक पुगिन् । त्यसपछि पौडेलले १० रुपैयाँ दिए । पैसा पाएपछि खुशी बालिकालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याइन् । लगत्तै घाँटीमा समातेर झाडिमा फालिदिए । त्यति गर्दा बेहोस् बनेकी बालिकालाई उनले करणी गरे र थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरे ।