एजेन्सी– विश्वभरमै सबै भन्दा महँगो जोडी जुत्ता आज बुधबार संयुक्त अरब अमिरातमा (युएई)मा सार्वजनिक गरिदैछ । जुन जोडी जुत्ताको मूल्य १.७ करोड अमेरिकी डलर तोकिएको छ ।


ADVERTISEMENT


खलिज टाइम्सका अनुसार यस लक्जरी जुत्ता हिरा र असली सुनबाट बनाइएको छ । यस जुत्तालाई नौ महिना खर्चिएर बनाइएको जानकारी गराइएको छ । यस ‘प्याशन डाइमण्ड शु’को मूल्य ६.२४ करोड दिराम (१.७ करोड अमेरिकी डलर) तोकिएको छ ।


ADVERTISEMENT

# # #


यो जुत्तामा सय करोडौँ हिराहरू लगाइएको छ । यस जोडी जुत्तालाई युएईको ब्राण्ड जदा दुबईले प्याशन ज्वेलर्सको सहकार्यमा बनाएको हो । यो जुत्ता आज दुबईको एक मात्र सात तारे होटेल ‘बुर्ज अल अरब’ मा सार्वजनिक गरिदैछ ।

सार्वजनिक कार्यक्रम जुन जुत्ता प्रदर्शन गरिन्छ, उही ३६ इयु (साइज)को प्रोटोटाइप हो, तर बिक्रीपछि यसलाई ग्राहकहरूले खुट्टाको पाउको आकारमा बनाउनेछन् । जदा दुबईका सह संस्थापक तथा क्रियटिभ निर्देशक मारिया मजारीले बताए अनुसार, जदा दुबईले हिरासँग जडित जुत्ताहरुमात्र उत्पादन गर्दै आएको छ ।

उनीहरूलाई आगामी जुत्ता आनौंठो प्रकारको जुत्ता सार्वजनिक गर्न चाहन्थे, सोही अनुरूप यस जुत्ताको डिजाइन गरिएको बताइएको छ । यस जुत्ता सार्वजनिक कार्यक्रममा ५० जना अतिथिहरू आउने जनाइएको छ, जहाँ भिआएपी र धनाढ्यहरूको साथमा मिडियाकर्मीहरू उपस्थित हुनेछन् ।