सिरहा– सिरहाको गोलबजारमा एक मासु पसलमा आगलागी हुँदा पूर्ण रुप्ले पसल जलेर नस्ट भएको छ । ग्यासको सिलिन्डरमा एक्कसी ग्यास लिक भएर आगलागी हुँदा पसलका सम्पूर्ण समान जलेर नस्ट भएका छन ।


ADVERTISEMENT


पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित जाकिर खानको अफरिन मासु पसलमा मंगलवार अपरान्ह ५ बजे आगलागी भएको हो । आगलागीबाट १ थान फ्रीज, खाट, अन्दाजी ५० क्यारेट कुखुराको अन्डा, जस्ता पाता लगायतका अन्य सामानहरु जलेर नष्ट भएको गोलबजार प्रहरीले जनाएको छ । आगलागी हुँदा बारु यन्त्रलाई खबर गर्दा समेत नआएपछी स्थानियकै सहयोगमा आगोलाई नियन्त्नमा लिएका थिए ।


ADVERTISEMENT

# # #