एजेन्सी– म्यान्चेस्टर युनाइटेड इंग्लिस फुटबल प्रतियोगिता लिग कपको तेस्रो चरणबाटै बाहिरिएको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोटमा भएकामे नाटकीय खेलमा युनाइटेड दोस्रो डिभिजनको क्लव डर्बी काउन्टीसँग पेनाल्टी शुटआउटमाच ८–७ गोलले पराजित भयो । खेलको नियमित र अतिरिक्त समयमा दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेपछि नतिजा पेनाल्टीबाट लगाइएको हो ।


ADVERTISEMENT


पेनाल्टीमा पनि पाँच पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो । जहाँ अठौं खेलाडीको रुपमा पेनाल्टी प्रहार गर्न आएका फिल जोन्सको प्रहार डर्बीका गोलरक्षक स्कट कार्सनले बचाएपछि चेल्सीका पूर्व स्टार फ्रांक लाम्पार्डको टोलीले शनशनीपूर्ण जित निकाल्न सफल रह्यो । त्यसअघि खेलको तेस्रो मिनेटमै जुहान माटाको गोलमार्फत घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा अग्रता लिए पनि ५९औं मिनेटमा डर्बीका ह्यारीइ विल्सनले खेल बराबरीमा ल्याए । ६७औं मिनेटमा युनाइटेडलाई ठूलो झड्का लाग्यो । उसका गोलरक्षक सर्जियो रोमेरो रातो कार्ड खाँदै मैदान बाहिरिए ।

१० खेलाडीमा समेटिएको युनाइटेडबिरुद्ध डर्बीका ज्याक मेरियोटले गोल गरी टोलीलाई अग्रता दिलाए । तर, खेलमा नियमित समयको अन्तिम मिनेटमा माइकल फेलिनीले गोल गरी खेल बराबरीमा ल्याए ।