काठमाडौं– शिक्षा सेवाका दुई सय भन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ ।


ADVERTISEMENT


हाम्राुलाई राम्रा ठाउँमा पठाउन टुंगो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवलाई खटाउने बाटो खुला गरिदिए पनि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कुन उपसचिवलाई कहाँ पठाउने भन्ने निर्णय गर्न नसकेको छ ।


ADVERTISEMENT

# # #


शिक्षा मन्त्रलायले दुई साताअघि नै नगरपालिकाहरुमा पठाउने उपसचिवहरुको नामावली तयार गरेको थियो, तर राजनीतिक दबाब परेपछि त्यसलाई थन्क्याइएको छ ।

‘फलानोलाई फलानो ठाउँमा नपठाउनू फलानो ठाउँमा पठाइदिनू भनेर राजनीतिक दबाब आएपछि हामीले बनाएको सूचीअनुसार उपसचिवहरुलाई खटाउन सकिएन’, शिक्षा मन्त्रालयका प्रशासन महाशाखाका एक अधिकिृतले भने ‘हाम्रा र राम्रको सन्दर्भ उप्काउँदै भने ।

नयाँ आर्थिक बर्षको साउन १ बाटै ती उपसचिवहरु कामविहीन भएका हुन् । – आजको गोरखापत्र दैनिकबाट