काठमाडौं– युरोकप २०२४ को आयोजनाको जिम्मेवारी जर्मनीले पाएको छ । अन्तिममा टर्कीलाई पछि पार्दै जर्मनीले युरोकपको आयोजनाको जिम्मेवारी पाएको हो ।


ADVERTISEMENT


युरोपियन फुटबल महासंघको कार्यसमितीले गरेको मतका आधारमा जर्मनीलाई युरोको आयोजनाको जिम्मेवारी दिएको हो । जसमा बर्लिन ओलम्पिक स्टेडियममा फाइनल खेल हुनेछ । प्रतियोगितामा २४ टिमको सहभागिता रहनेछ । कुल ३२ दिनसम्म चल्ने प्रतियोगितामा ५१ खेल हुनेछन । जुन र जुलाईमा हुने प्रतियोगिता नौ शहरमा हुनेछ ।


ADVERTISEMENT

# # #


जसमा म्युनिख, कोलोग्न, डर्टमन्ड, डुसेल्डर्फ, फ्रान्कफर्ट, जेल्सेनर्केचेन, हामबर्ग, लेइपजिङ र स्टुर्टगार्ट रहेका छन । पछिल्लो ५ वटा दावेदारीतामा टर्कीले चौथो पटक युरोकपको आयोजना अवसरबाट बञ्चित भएको हो । टर्कीले आफू स्वतन्त्र भएको अवसरमा २०२४ को युरोकपको आयोजनाका लागि दावेदारीता पेश गरेको थियो । तर असफल भयो ।