काठमाडौं– कतारले सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्दैछ तर, त्यही विश्वकप आयोजना हुने स्टेडियम बनाउन काम गर्दै आएका नेपालीलाई भने दुई वर्षसम्म काम लगाएर विनातलब नेपाल फर्काइएको छ ।


ADVERTISEMENT


सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करीमिना नामक कम्पनीले ३४ नेपाली कामदारलाई दिनुपर्ने झण्डै ६८ लाख रुपैयाँ भुक्तानी नदिई नेपाल फर्काइदिएको हो ।


ADVERTISEMENT

# # #


विनातलब युवा स्वदेश फर्किनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवस्ता प्रमुख कारण रहेको पीडितको गुनासो छ । सो कम्पनीमा कार्यरत ३४ नेपालीले पटकपटक नेपाली नियोग, वैदेशिक रोजगार विभग र म्यानपावर कम्पनीलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

बारम्बारको आग्रहको सुनुवाइ नभएपछि आफूहरू रित्तै घर फर्किएको पीडितले बताए । कतारमा आफ्ना नागरिकलाई सहयोग गर्ने कार्यमा नेपाली निकायहरू चुकेको एमनेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१७ मै महिनौँदेखिको तलब नपाएर नेपाली कामदार अलपत्र रहेको जानकारी पाउँदा समेत सरकारले बेवास्ता गरेको रिपोर्टमा जनाइएको छ। – आजको कारोबार दैनिकबाट