एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


गएराति भएको खेलमा ब्राइटनलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा १९ अंक जोड्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा रहिम स्र्ट्लिङ र सर्जियो अगुरोले एकएक गोल गरेका थिए । २९ औैं मिनेटमा रहिम स्र्ट्लिङले लोरियो सानेको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा १ गोलको अग्रतामा रहेको सिटीले दोश्रो हाफको ६५ औं मिनेटमा अगुरोले स्टर्लिङको पासमा गोल गर्दै सिटीलाई स्पष्ट ३ अंक दिलाएका थिए । यता, गएराति नै भएको खेलमा आर्सनल र टोटनह्याम विजयी भएका छन् । आर्सनलले वाटफोर्डलाई २–० गोलले पराजित गर्यो । आर्नसलले ८१ मिनेटमा वाटफोर्डका काथकार्डले गरेको आत्मघाती गोलको मद्दतमा अग्रता लिएको थियो ।

२ मिनेटमा पछि मेसुट ओजिलले आर्सनलका लागि दोस्रो गोल गरे । यता, टोटनह्यामले पनि हडर्सफिल्डलाई २–० गोलले पराजित गर्यो । टोटनह्यामका लागि दुवै गोल ह्यारी केनले गरेका थिए । अन्य खेलमा एभर्टनले फुलह्यामलाई ३–०, लेस्टरले न्युकासललाई २–० र वुल्भ्सले साउथह्याम्टनलाई २–० गोलले पराजित गरेको थियो ।