घोराही– सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ ।


ADVERTISEMENT


घोराही–१४ नयाँ बजारमा निर्माण थालिएको उक्त आधुनिक सभागृह रु २६ करोड ७७ लाख १८ हजार ९०३ को लागतमा निर्माण हुन लागेको हो । सभागृह निर्माणको संयोजन उद्योग वाणिज्य सङ्घ दाङले गरिरहेको छ । निर्माणाधीन उक्त बहुद्देश्यीय सभागृह भवन निर्माणको ३० प्रतिशत काम सकिएको उद्योग वाणिज्य सङ्घ दाङका अध्यक्ष नारायण भुसालले बताएका छन् ।


ADVERTISEMENT

# # #


उद्योग वाणिज्य सङ्घले २०६९ सालको महोत्सवबाट रु ५१ लाख र २०७२ सालको महोत्सवबाट रु २४ लाख ९९ हजार रकम सङ्कलन गरेको थियो । उक्त रकम पनि सङ्घले सरकारलाई सहयोग गर्दै सभागृहमा लगानी गरिरहेको सङ्घका अध्यक्ष भुसालले जानकारी दिएका छन् ।

सरकारले ठेक्का आह्वान गर्ने र सुकुम्बासीको व्यवस्थापन तथा अन्य विभिन्न समस्याको कारण निर्माण कार्य ढिलो भएको अध्यक्ष भुसालले बताए ।

उक्त सभागृह निर्माण भएपछि जिल्लावासी बाहिर जानुपर्ने बाध्यता हट्नेछ । रासस