काठमाडौँ– आगामी कार्तिक ९ देखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल)को अक्सनमा शक्ति गौचनमा ‘अनसोल्ड’ भएका छन् । गत अगस्टमा राष्ट्रिय टिमबाट सन्यास लिने घोषणा गरेका शक्तिले पीपीएलमा नबिकेसंगै प्रतियोगिता गुमाएका छन् ।


ADVERTISEMENT


यस्तै राष्ट्रिय टोलीका उदीयमान स्टार ब्याट्सम्यान रोहित कुमार पोडेल र अनिल कुमार शाहलाई भने सहभागि सबै टिमले आफ्नो टिममा लिन कसरत गरेका छन् । अनिल र रोहितका लागि २ लाख ५० हजारसम्म बाली लगाइएको थियो, जुन सर्वाधिक रकम हो ।


ADVERTISEMENT

# # #


बोली लगाएका मध्ये अनिल कुमार शाहलाई पारस खड्का मार्की प्लेयर रहेको चितवन टाइगर्सले पाएको छ । राष्ट्रिय टोलीका ओपनिङ बलर अनिल कुमार शाहका लागि चितवन टाइगर्सले २ लाख ५० हजारमा टिममा आवद्ध गरेको हो । अनिल कुमार शाहको न्यूनतम मूल्य १ लाख ५० हजार थियो ।

त्यस्तै, राष्ट्रिय टोली अर्का सदस्य रोहित कुमार पौडेललाई पनि सहभागि सबै टोलीले बोली लगाएका थिए । त्यसमध्ये रोहित कुमार पौडेललाई शरद भेषावकर मार्की खेलाडी रहेको पोखरा पल्टनले पाएको छ । रोहित कुमार नेपाली टोलीका ब्याट्सम्यान हुन् भने उनी राष्ट्रिय टोलीको मध्यक्रमका ब्याट्सम्यान पनि हुन् । त्यस्तै, रोहितको न्यूनतम मूल्य १ लाख रहेको थियो ।

यस्तै करण केसी, सागर पुन र विनोद भण्डारीपनि २ लाख ५० हजारमा बिकेका छन् । करणलाई चितवन राइनोजले भत्र्यायो भने सागर पुनलाई बुटवल ब्लास्टरले बाजी मार्यो । यता विनोद भण्डारीलाई पोखरा पल्टनले अधिकतम मूल्यमा आफ्नो पोल्टामा पार्न सफल भयो ।