घोराही– नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् ।


ADVERTISEMENT


प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताएका छन् । सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुँदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उनको भनाइ रहेको थियो ।


ADVERTISEMENT

# # #


काङ्गे्रस ऐतिहासिक पार्टी भएको हुँदा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रुपमा अगाडि बढाएको दाबी गरेका छन् ।

उनले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिएका छन् । नेता निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन् । “विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,” निधिको आरोप रहेको थियो । रासस