काठमाडौं – पोखरा प्रिमियर लिगको अक्सनबाट ७ जना खेलाडीमाथि २ लाख ५० हजारको बोली लागेको छ ।


ADVERTISEMENT


आइतबार भएको अक्सनबाट १७९ जना खेलाडी थिए, उनीहरु मध्ये ७ जना खेलाडीमाथि अधिकतम मूल्यको बोली लागेको छ । २ लाख ५० हजारमा विक्री हुने खेलाडीहरूमा करण केसी, बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी छन् ।


ADVERTISEMENT

# # #


उनीहरु मध्ये तीन जना पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजमा आवद्ध भएका छन् । चितवनले अनिल कुमार शाह, करण केसी र आरिफ शेखलाई २ लाख ५० हजारमा किनेको हो ।

पोखरा पल्टनले पोखराले रोहित कुमार पौडेल र विनोद भण्डारीलाई किनेको छ । बुटवल ब्लास्टर्सले सागर पुन र काठमाडौं रोयल्सले बसन्त रेग्मीलाई २ लाख ५० हजारमा टिममा भित्र्याएको छ ।

उनीहरुमाथि एक भन्दा बढी क्लबले बोली लगाएपछि लक्की ड्रमार्फत क्लब छनोट गरिएको थियो ।