काठमाडौं– आइएमई लिमिटेड र बनेपा नाला दोबाटोस्थित एन्टीक फेसन स्टोरवीच सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


गत विहीवार भएको सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट मार्केटिङ तथा सेल्स अधिकृत अजय थापा र एन्टीक फेसन स्टोरको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख संजीव प्रजापतिले हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने आइएमईले जनाएको छ ।

यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनु पर्नेछ । यो सम्झौता यहि असोज १० गतेदेखि एक वर्षसम्मका लागि लागु हुनेछ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आइएमईले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।