काठमाडौँ– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नेपाली हरुको महान चाड दशैंलाई लक्षित गरी सुविसु शुभअफर प्रस्तुत गरेको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।


ADVERTISEMENT


क्लियर टिभी : प्रिमियम प्याक अफर


ADVERTISEMENT

# # #


क्लियर टिभि सेवा अन्तर्गत कर सहित रू १५ सयमा २५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एचडी च्यानलहरु सहितको २ महिनाको प्रिमियम सेवा उपलब्ध हुनेछ । जसमा सेटटपबक्स र जडान सेवाप्राप्त पनि गर्न सकिने छ ।

सुबिसु इन्टरनेट फास्ट प्याक अफर

इन्टरनेट सेवा अन्तर्गत कर सहित रू. २ हजार मा २० एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको प्राप्त गर्न सकिनेछ । त्यसमा मोडेम र जडान सेवा पनि उपलब्ध हुनेछ ।

सुबिसु इन्टरनेट र केबल टिभी कम्बो प्याक अफर

इन्टरनेट र क्लियर टिभि सेवा अन्तरगत कर सहित रु. ४ हजार ५ सय मा २ महिनाका लागि २५ एमबीपीएस अनलिमिटेड इन्टरनेट र २५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एचडी च्यानल सहितको क्लियर टिभि प्रिमियम प्याकेज साथैं मोडेम, सेटटपबक्स र जडान सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।