काठमाडौँ– मलेसियामा आजदेखि सुरु भएको आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत पहिलो खेलमा म्यानमारले नेपाललाई जम्मा ३० रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


मलेसियाको बायुसमास ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाउँदै २९ रन बनाएको हो । म्यानमारका लागि हेट लिङ उङले सर्वाधिक १६ रन बनाए । उनले २० बलमा २ चौका प्रहार गरे । म्यानमारका पाँच जना ब्याट्समेन शून्य रनमा आउट भए ।


ADVERTISEMENT

# # #


नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सन्दीपले ४ विकेट लिए । २ ओभर बलिङ गरेका उनले ३ रन खर्चिए । यस्तै ललित राजवंशीले ३ विकेट लिए । उनले ३ ओभरमा २ मेडेन राख्दै ३ रन खर्चिए ।

यस्तै करण केसी र ललित भण्डारीका नाममा १/१ विकेट रह्यो । नेपालले केही केरमा जवाफी ब्याटिङ गर्दैछ ।