काठमाडौँ– मलेसियामा आजदेखि सुरु भएको आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत पहिलो खेलमा नेपाल आड विकेटले विजयी भएको हो । म्यानमारले दिएको ३० रनको अक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाउँदै भेटाएको हो ।


ADVERTISEMENT


मलेसियाको बायुसमास ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाउँदै २९ रन बनायो । ३० ओभरको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको नेपालको खाता खोल्न नपाउँदै पहिलो विकेट गयो । प्रदीप ऐरी शून्य रनमा आउट भए । त्यस पछि आएका अनिल शाहले ५ बलमा ११ रन बनाउँदै एलबीडब्ल्युको सिकार भए । उस क्रममा उनले १ चौका र एक छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै खेल जिताएका करण केसीले ८ बलमा १४ रन ठोके । उनले एक चौका र एक छक्का हान्दै नटआउट रहे भने विनोद भण्डारीले ३ बलमा एक रन बनाए ।
बलिङ तर्फ म्यानमारका प्याइङ दानु र हेट लिङ उङले १/१ विकेट लिए ।

यसअघि म्यानमारका लागि हेट लिङ उङले सर्वाधिक १६ रन बनाए । उनले २० बलमा २ चौका प्रहार गरे । म्यानमारका पाँच जना ब्याट्समेन शून्य रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सन्दीपले ४ विकेट लिए । २ ओभर बलिङ गरेका उनले ३ रन खर्चिए । यस्तै ललित राजवंशीले ३ विकेट लिए । उनले ३ ओभरमा २ मेडेन राख्दै ३ रन खर्चिए ।

यस्तै करण केसी र ललित भण्डारीका नाममा १/१ विकेट रह्यो  ।

नेपालले अर्को खेल शनिबार मलेसियासंग खेल्नेछ ।