काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले रू. दश (१०) वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउनेछन् ।


ADVERTISEMENT

# # #


यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म गरी जम्मा १८ दिन कायम हुनेछ कम्पनीले जनाएको छ।

झन्डै १५ हजार एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।