एजेन्सी– ब्राजिलियन डिफेन्डर मार्सेलो राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका उनले चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका थिए ।


ADVERTISEMENT


चोटकै कारण मार्सेलो राष्ट्रिय टोलीमा पनि नरहने जानकारी गराएका छन् । ब्राजिलले अर्को साता हुने मैत्रीपूर्ण खेलमा साउदी अरेबिया र अर्जेन्टिनाको सामना गर्दैछ ।


ADVERTISEMENT

# # #


मार्सेलोको खुट्टामा लागेको चोटले गर्दा टोलीमा समावेश हुन नसकेको ब्राजिलियन फुटबल महासंघले जानकारी गराएको छ । ब्राजिलले अक्टोबर १२ मा साउदी अरेबिया र त्यसको ४ दिन पछि अर्जेन्टिनासँग प्रतिश्पर्धा गर्नेछ ।

प्रशिक्षक टिटेले मैत्रीपूर्ण खेलका लागि डिफेन्डर थियागो सिल्भा र विंगरद्वय डग्लस कोस्टा र विलियनलाई पनि टोलीमा राखेका छैनन् ।

रूसमा भएको विश्वकपमा क्वाटरफाइनलमा रोकिएको टोली अहिले युवा खेलाडी समेटेर अर्को वर्ष हुने कोपा अमेरिकाको तयारीमा छ । सन् २०१९ जुनमा हुने प्रतियोगिता ब्राजिलमै आयोजना हुँदैछ ।