काठमाडौँ– सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।


ADVERTISEMENT


चौतारा साँगा चोकगढी–९ सुटुके निकासी नारायण श्रेष्ठ तथा सुशीला श्रेष्ठको पाँच वर्षीय छोरा साइरसलाई रु ८५ हजार ५०१ सहयोग प्राप्त भएको हो । उक्त रकम पीडित बालकका माइजु किशोरी श्रेष्ठलाई युवा समाजसेवी उमेश केसीले हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


पीडित बालकको हाल कलकत्ताको टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । साइरसलाई उपचार गर्न करीब रु ४० लाख लाग्ने अस्पताल स्रोतले जनाएको समाजसेवी केसीले जानकारी दिएका छन् । बालकको उपचारबापत हाल करीब रु आठ लाख प्राप्त भएको केसीले बताएका छन् । रासस