बैतडी– कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।


ADVERTISEMENT


डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको हो ।


ADVERTISEMENT

# # #


जोशीले २०७४ फगुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ बर्षीया डम्बरा भट्टलाई जबरजस्तीकरणी गरी हत्या गरेका हुन् । – आजको नेपाल समाचारपत्रबाट