काठमाडौं– निर्मला पन्तको बलात्कार पछि हत्या प्रतिवेदन सार्वजनिक भएको छ ।


ADVERTISEMENT


छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एपी विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ।


ADVERTISEMENT

# # #


किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको बताएका छन् । तर, उनको नागरिकतामा भने २०५६ साल १० वैशाखमा उनको जन्मदिन देखिएको भन्दै शंकास्पद ठहराएको छ ।

विष्टले १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताएका छन् । सो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने बेहोरा पनि शंकास्पद रहेको प्रतिवेदनमा छ ।

छानबिन समितिसमक्ष उनले मृतक निर्मला पन्त, नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी बम र बबिता बमलाई नचिनेको बताएका छन्। – आजको राजधानी दैनिकबाट