काठमाडौं– नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैया पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ ।


ADVERTISEMENT


विश्व बैकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएका छ।


ADVERTISEMENT

# # #


गत वा अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो।

यो सन् २०१६ को तुलनामा २ अर्ब ६० करोड भन्दा बढी भएको छ। सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको हो। – आजको कारोवार दैनिकबाट