बैतडी– जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै घाइते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट्ट रहेका छन् । घाइतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

बैतडीको तल्लोस्वराडको सुल्लेखानबाट कुस्मतघाटतर्फ गइरहेको से१च ११५८ नंको जिप आज बिहान ११ बजे शिवनाथ–२ को बस्कोटी भन्ने ठाउँमा दुर्घटनामा परेको त्यहाँबाट स्थानीय वीरेन्द्र महताले जानकारी दिए।

जिपको अगाडिको बायाँसाइडको चक्का निस्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । जिप सडकबाट २० मिटर तल खोलामा खसेको बताइएको छ